Saturday, November 18, 2017

युवा पर्यटन व्यवसायी रामकृष्ण तिमिल्सिनाले टानको कोषाध्यक्षमा उम्मेदवारी दिने

प्रकाशित मिति: 2017/09/12

काठमाडौं । हिमालयन सिनियरी ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं युवा पर्यटन व्यवसायी रामकृष्ण तिमिल्सिनाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कोषाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । विगत १७ वर्ष देखि पदयात्रा पर्यटनको क्षेत्रमा क्रियाशिल उनले टानको कोषलाई थप व्यवस्थित बनाउन आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । 

‘टानलाई व्यवस्थित बनाउन सबैभन्दा पहिला कोषलाई व्यवस्थित बनाउनुपर्छ गन्तव्य नेपालसँगको कुराकानीमा उनले भने, विगतका कुनै पनि कोषाध्यक्षले त्यो काम गर्न नसक्दा टान थप धरासायी बन्दै गयो । त्यसकारण कोषलाई बलियो पार्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।’

त्यस्तै उहाँले चुनाव भन्दा पनि सहमतिय आधारमा टानको नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । ‘विगतमा प्यानल बनाउन लाग्दा टानमा चरम राजनीति भयो, त्यसकारण यसपटक देखि यो पार्टी, उ पार्टी भन्दा पनि सहमतिय आधारमा युवा व्यवसायीहरुलाई टान हाक्न दिनुपर्छ ।’ उनले भने । 

टानको निर्वाचन आउँदो अक्टुबर महिना भित्र गर्ने टान वर्तमान कार्यसमितिले जनाएको छ । 

 

तपाईंको बिचार