Thursday, November 23, 2017

चन्द्रागिरी केलबकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने

प्रकाशित मिति: 2017/09/13

भदौ २८, काठमाडौं । चन्द्रागिरी हिल्सले गणेश हिमाल ट्रेकिङ एन्ड टूर्स प्रालिलाई सेल्स एजेन्ट नियूक्त गरेको छ । सन् १९८२ देखि संचालित उक्त कम्पनीलाई ट्राभल, ट्रेकिङ लगायत स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हिल्सद्वारा संचालित थानकोट–चन्द्रागिरी केबलकारको टिकट बिक्रीका लागि एजेन्ड नियूक्त गरिएको हो । 

ठमेल क्षेत्रपार्टीमा अवस्थित गणेशहिमाल ट्रेकिङ एन्ड टूर्स मार्फत सहज रुपमा चन्द्रागिरी केबलकारको टिकट खरिद तथा बुकिङ गर्न सक्ने कम्पनीका प्रबन्ध निर्देशक गणेश रिमालले जानकारी दिए । 

केबलकारको टिकट खरिदका लागि नेपाली नागरिकका लागि प्रतिटिकट सात सय रुपैयाँ, यूरोपियन लगायतका देशका नागरिकका लागि २२ डलर, चिनिया पर्यटकका लागि १५ डलर र सार्क राष्ट्रका नागरिकका लागि भारतीय सात सय रुपैयाँ लाग्ने छ । त्यसमा तीन देखि चार वर्षका बालबालिकाहरुका लागि ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै अपाङता भएकालाई ५०, विद्यार्थीलाई २५ र ६० वर्ष उमेर पार गरेकाहरुलाई २५ प्रतिशत छुट दिइने पनि रिमालले जानकारी दिए । 

त्यस्तै कम्पनीले शिवपुरी देखि ककनी र ककनी देखि नागार्जुन सम्म जिप सफारी समेत संचालन गरेको छ । राजधानीको धुलो धँुवाबाट वाक्क भएकाहरुलाई छोटो समयमै पडाडी मनोरम दृष्यहरुको अवलोन गराउदै मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले उक्त सेवा संचालनमा ल्याईएको कम्पनीले जनाएको छ । 

तपाईंको बिचार