Saturday, November 18, 2017

टानको अध्यक्षमा व्यवसायी गोबिन्द पन्त उठ्ने

प्रकाशित मिति: 2017/09/13

भदौ २८, काठमाडौं । नयाँ शक्ति नेपाल निकट नेपाल पर्यटन परिषद्का केन्दिय्र अभियन्ता एवं एड्भेञ्चर पिलग्रिम्स ट्रेकिङ प्रालिका प्रबन्ध निर्देशक गोबिन्द पन्तले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका छन् । 

पदयात्रा व्यवसायीहरुको साझा संस्था टानमा विगत केही वर्ष यता जारी गुटबन्दीका कारण मुलुकको पर्वतीय पर्यटनको विकासमा काम गर्न नसकेको भन्दै गुटबन्दीको अन्त गर्दै पर्वतीय पर्यटनको विकासमा टानलाई समर्पित गराउन आफुले अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । 

मुलुकको आर्थिक सम्बृद्धिका लागि पर्यटन पनि मुख्य आधार स्तम्भ भएको भन्दै पन्तले आर्थिक सम्बृद्धिमा सघाउन पनि पर्वतीय पर्यटनको विकास जरुरी भएको बताए । त्यसका लागि टानको भूमिका महत्वपूर्ण रहनु पर्ने भएपनि टान गतिहिन बनेको पन्तको भनाई छ । 

उनले सबै व्यवसायीहरुसँग सहकार्य गर्दै व्यवसायीक टिम निर्माण गरेर आफु टानको नेतृत्वमा जाने उल्लेख गर्दै पर्वतीय पर्यटनको विकास र टानको संगठनात्मक सुधारमा आफ्नो टिमले टानको इतिहासमै चमत्कारी  काम गरेर देखाउने दाबी समेत गरे । पन्तले आफ्नो यो अभियानमा साथ दिन व्यवसायीहरुलाई आग्रह समेत गरे । 

तपाईंको बिचार