Saturday, November 18, 2017

टानको कोषाध्यक्षमा रबिन्द्र अधिकारीले पनि उम्मेदवारी दिने

प्रकाशित मिति: 2017/09/14

काठमाडौं । एड्भेञ्चर डिष्कभरी ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक रबिन्द्र अधिकारीले नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको तर्फबाट आसन्न टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिने जनाएका छन् । 

गन्तव्य नेपालसँगको कुराकानीमा उनले टानको कोषलाई बलियो बनाउन नसक्दा पछिल्लो समय टान समस्याग्रस्त बन्दै गएको भन्दै आफुले उम्मेदवारी दिन लागेको बताए । विभिन्न बहानामा टानको कोषको रकम अपारदर्शी ढंगबाट खर्च गरिदा पछिल्लो समय पर्वतीय पर्यटनको प्रवद्र्धन र कार्यालय संचालनमा समेत समस्या आएको उनले बताए । सो कार्य रोक्नका लागि  आफुले उम्मेदावरी दिन लागेको भन्दै सहयोगका लागि सबैसँग आग्रह गरे । 

यसका अलवा पर्वतीय पर्यटनको क्षेत्रमा यस व्यवसायमा संगालेको अनुभवलाई टानमा गएर मुलुकको पर्वतीय पर्यटनको विकासमा लगाउन चाहेको पनि अधिकारीको भनाई छ । 

 

तपाईंको बिचार