Thursday, November 23, 2017

एनटीभीएको साधारण सभा डिसेम्बरमा हुने, कैलाश कार्की कार्यसमिति सदस्यमा मनोनित

प्रकाशित मिति: 2017/09/18

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)ले संघलाई थप चलायमान बनाउने मुख्य उद्देश्यका साथ छलफल भेला सम्पन्न गरेको छ । 

आज काठमाडौं स्थित बालुवाटारमा भएको भेलाले अगामी डिसेम्बर दोश्रो साताभित्र संघको साधारण सभा सहितको निर्वाचन गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी संघको कार्यसमिति सदस्यमा युवा पर्यटक यातायात व्यवसायी तथा अल नेपाल भेइकल टुर्सका प्रबन्ध निर्देशक कैलाश कार्कीलाई कार्यसमिति सदस्य पदमा मनोनीत गरेको छ । संघका अध्यक्ष सांगे लामाको अध्यक्षतामा सम्पन्न भएको भेलाले व्यक्तिगत भन्दा पनि व्यवसायीक हितमा केन्द्रित रहेर पर्यटन यातायातको विस्तारमा लाग्नु पर्ने बताएका छन् । उनिहरुले पर्यटक यातायातको तमाम समस्यालाई आत्मा साथ गर्दै समाधानको निमित्त एकजुट भएर लाग्नु पर्ने बताएका छन् । 

 

तपाईंको बिचार