Saturday, November 18, 2017

युवा उद्यमी सन्तोष पोखरेल जो नाट्टा पोखराको नेतृत्व लिन चाहन्छन

प्रकाशित मिति: 2017/09/25

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) क्षेत्रिय संघ पोखराको अध्यक्षमा युवा उद्यमी तथा समाजसेवी सन्तोष पोखरेलले उम्मेदवारी दिने बताएका छन् । नाट्टा क्षेत्रिय संघ पोखरामा नयाँ नेतृत्व चयनका लागि आउँदो जनवरीमा साधारण सभा हुँदै छ । 

विसं २०५२ मा सारङसन इन्टरनेशनलबाट पर्यटन व्यवसायमा प्रबेश गरेका पोखरेल अहिले लभ्ली माउन्ट टूर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक हुन । १६ वर्ष देखि नाट्टा क्षेत्रिय संघ पोखरामा आवद्ध उनी कार्यसमिति सदस्य, सचिव, कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हँुदै हाल संघको बोर्डको बरिष्ठ सल्लाहकारको रुपमा क्रियाशिल छन् । 

आफ्नो व्यवसायीक व्यस्तताका कारण कार्यकारी पदमा नरही सल्लाहकारको रुपमा काम गर्दै आएका उनले व्यवसायीहरुको सल्लाह सुझावका आधारमा आफुले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिए । 

संघलाई नयाँ गति र दिशा दिदै एयरटिकेटीङ, टुरिष्ट भेइकल, टुरिष्ट बसपार्क लगाय ट्राभल टूर व्यवसायीमा देखिएका समस्याहरुको समाधान गर्नु आफ्नो प्रमुख एजेन्डा भएको बताए । त्यस्तै उनले आफुले विशुद्ध व्यवसायीक टिम निर्माण गर्ने पनि जनाए । विगतमा पनि नाटामा राजनीतिकरण नभएको भन्दै पोखरेलले अहिले पनि राजनीतिको कुनै गन्ध नआउन दाबी समेत गरे । 

युवा उद्यामीका रुपमा उनी पोखरा लगायत अन्य पर्यटकीय क्षेत्रमा डायनामिक व्यवक्तित्वको रुपमा समेत सुपरिचित छन् ।  

 

तपाईंको बिचार