Monday, July 23, 2018

एउटी महिलाले पर्यटकलाई लखेटेर देशकै बेइजत गरेको भिडियो भाइरल (भिडियो हेनुस्)

प्रकाशित मिति: 2017/09/26

काठमाडौं । नेपालमा घुम्न आएका विदेशी पर्यटक नेपाली महिलाबाट लखेटिएको एउटा भिडियो अहिले भाइरल भइरहेको छ । केही कप चियाको मूल्यमा भएको सानो विवादमा नेपाली महिलाले ब्रिटिश नागरिक ३५ वर्षीया जेम्मा र १५ वर्षीय उनका छोरो चार्ली बेटेलेमाथि ढुंगा, लाठो तथा अपशब्द बर्साएको भिडियो र समाचार विश्वभरका ठुला मिडियामा भाइरल भइरहेको हो ।

अन्नपूर्ण क्षेत्रमा पुगेका ब्रिटिश आमा छोरामाथि दाउरा बालेर चलाउने एउटा होटलकी साहुनी कुटपिट गर्न खोज्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जेम्मा र बेटेले चिया खाइसकेपछि पैसा तिर्ने क्रममा महँगो भयो भनेपछि विवाद भएको बताइन्छ । त्यसपछि ती महिलाले दुवै जनालाई लाठो बोकेर लखेटेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

अघिल्लो महिना भएको यो घटनाका क्रममा जेम्माले आफ्नो ज्यान बचाइदिन भन्दै गुहार लगाएकी भिडियोमा देख्न सकिन्छ । ती महिला ज्यान बचाउन भीरको बाटोमा कुदिरहेकी थिइन् भने नेपाली महिलाले हातमा लाठो बोकेर लखेटीरहेको देखिन्छ । 

नेपाली महिलाको आक्रमणबाट जोगिन पुगेकी ती ब्रिटिश महिला जेम्माले आफू र आफ्नो किशोर छोरो चार्लीलाई दाउरा र ढुंगाले हानेर मार्न खोजिए पनि बाँच्न सफल भएको बताएकी छन् । पदयात्राका क्रममा थाकेका आमा छोरा पेय पदार्थको मूल्यकै विवादमा नेपाली महिलाबाट लखेटिनुपरेपछि स्तब्ध बनेका छन् । उनीहरूले यो घटनालाई जिन्दगीकै भयावहको संज्ञा दिएका छन् । साहुनीले लखेटेपछि अफ्ठेरो बाटोमा भाग्नुपर्दा ज्यानै माया मारिएसकेको प्रतिक्रिया जेम्माले दिएकी छन् ।

४५ सय मिटर उचाइँको अन्नपूर्ण पदयात्रा मार्गको एउटा होटलकी साहुनीले यस्तो हर्कत गरेको भिडियो सार्वजनिक भएसँगै ब्रिटिश मिडियाले त्यसलाई प्राथमिकता दिएर भिडियोसहित समाचार बनाइरहेका छन् ।
जेम्मा र चार्लीले त्यो घटना पछि पनि अन्नपूर्ण पदयात्रा मार्ग छिचोलेका थिए । नेपाली महिलाले लखेटेपछि जेम्माको खुट्टा र अनुहारमा चोट लागेर बेहोस जस्तै भएकी थिइन् । त्यो घटनाका क्रममा म बेहोस जस्तै भएँ, पछि केही थाहा पाउन सकिन’, प्रशिक्षार्थी शिक्षाका बेलायती अनलाइन मिररसँग भनेकी छन्, ’हामी बसेको ठाउँ चिया खाने सानो झुप्रोवाला थियो । हामी हिँडिरहेका बेला तिनै महिलाले बोलाएर चिया पिउन भनेकी थिइन्, सुरूमा साथीको जस्तो व्यवहार गरेर पछि ज्यानै लिन खोजिन् ।’ उनले ती महिलाकहाँ आफूले कुनै खानेकुरा अर्डर नगरेको बताउँदै केबल कालो चिया मात्रै बनाउन भनेको उल्लेख गरेकी छन् । ‘मैले सधैँ कुनै सामान अर्डर गर्नुअघि मूल्य सोध्ने गरेकी थिएँ’, उनले थपेकी छन्, ’मैले सधैँ नेपालमा कालो चियाको प्रतिकप ५० रूपैयाँ तिर्ने गरेको छु ।’ तर त्यहाँ आफूलाई ती महिलाले एक कप कालो चियाको १५० रूपैयाँ भनेको उनले सुनाइन् । त्यसपछि नेपाली महिला आक्रोशित हुँदै आफूमाथि नानाभाँती गाली गर्दै कुटपिट गर्न आइलागेको उनले बताएकी छन् । 

कुट्न आइ लागेपछि भागेर ज्यान बचाएका उनीहरूले अर्को गाउँमा पुगेर त्यसबारे गुनासो गरेका थिए । उनीहरूले पुलिस कार्यालयमा पनि उजुरी दिएको दाबी गरेका छन् । यो भिडियो भाइरल भएपछि पर्यटन व्यवसायीहरुले दुख व्यक्त गरेका छन् । 

भिडियोको लागि यहाँ थिच्नुहोस ।

तपाईंको बिचार