Saturday, November 18, 2017

खुम्बु पासाङल्हामु गाँउपालिकाले लगाएको प्रवेश शूल्क रोक्ने मन्त्रिस्तरियको निर्णय

प्रकाशित मिति: 2017/10/08

काठमाडौं ।  गत अक्टुबर एक तारिख देखि सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाँउपालिकाले विदेशी पर्यटकसँग उठाउदै आएको प्रवेश शूल्क अव रोकिने भएको छ ।

पर्यटकीय संस्था निट, टानलगायत व्यवसायीहरुको व्यापक विरोधका बीच पनि गाँउपालिकाले एकल निर्णयमा गाउँपालिका प्रवेश गर्ने विदेशी पर्यटकसँग प्रतिपर्यटक दुई हजार रुपैयाँका दरले प्रवेश शूल्क उठाउन थालेको थियो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन भनि स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेसँगै पर्यटक प्रवेश शूल्क उठाउने कार्य रोक्नको लागि मन्त्रीपरिषद्बाटै निर्णय भएको छ । 

तपाईंको बिचार