Thursday, November 23, 2017

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता एमाले प्रवेश

प्रकाशित मिति: 2017/10/11

काठमाडौं । नेक्र विक्रम चन्द (विप्लव)  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध पर्यटन सम्वद्ध व्यवसायी कार्यकर्ताहरु नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गरेका छन् ।  उनीहरुलाई नेकपा एमाले पर्यटन प्रवद्र्धन बिभाग प्रमुख सूर्य थापाले एमालेमा प्रवेश गराएका हुन ।  

कार्यक्रममा थापाले देशैभर नेकपा एमालेको लहर आएको बताउँदै लोकतन्त्र र राष्ट्रिय अखण्डता बचाउन एमालेलाई सबैले साथ दिनुपर्ने बताए ।

त्यस्तै मंगलबार नै बसेको संगठनको बैठकले मुलुकको संघीय संरचना अनुसार सातवटा प्रदेशमा प्रदेश कमिटि गठन गर्ने र काठमाण्डौमा बिषेश उपत्यका कमिटि गठन गरि हरेक जिल्ला तहसम्म सन्जाल बिस्तार गर्ने निर्णय गरेको राष्टिय पर्यटन ब्यबसायी संगठनका सचिब तथा प्रचार बिभाग प्रमुख अन्जन थापाले जानकारी दिए । 

 

तपाईंको बिचार