Saturday, November 18, 2017

अध्ययन र अनुभवले खारिएका युवा व्यवसायी : राजेन्द्र अधिकारी

प्रकाशित मिति: 2017/10/12

काठमाडौं । नेपालीमा निकै चर्चित उखान छ । ‘हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात’ । सायद उनको भाग्यमै पर्यटन क्षेत्रमा केही योगदान गर्नुपर्छ भनेर लेखेको हुनुपर्छ । सानै उमेर देखि खैरो कपाल भएको मान्छे देख्यो की बोल्न खोजी हाल्ने र पोखराको बारेमा केही कुरा बताइ दिइहाल्ने राजेन्द्र अधिकारीले अन्नत पर्यटन क्षेत्रमा आफुलाई स्थापित गर्न सफल भएका छन् । 

विसं २०४६ साल माघ १ गते कास्की जिल्लाको ढिकुरपोखरी (हालको अन्नपूर्ण गाँउपालिका) मा बुबा धर्मभक्त अधिकारी र आमा विष्णुमाया अधिकारीको कोखबाट जन्मिएका हुन उनी । सानै देखिको उनको योजना पर्यटन क्षेत्रमै काम गर्ने थियो । सोही अनुसार पृथ्वीनारायाण क्याम्पस पोखराबाट डिप्लोमा सम्मको अध्ययन सकेपछि उनले नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखरामा पर्यटन विषय अध्ययन गरे । 

त्यसका अलवा व्यक्तिगत खर्चमा बहरायन, दुबई, सिंगापुर लगायतका मुलुकको भ्रमण गरि त्यहाँको पर्यटन सम्भाव्यताबारे अध्ययन समेत गरेका छन् उनले । जसपश्चात उनलाई नेपालको पर्यटन क्षेत्रमा काम गर्ने थप उत्साह थपियो र उनी यही क्षेत्रमा समाहित भए । लामो समय ट्राभल एजेन्सिमा काम गरेका अधिकारीले सोही अनुभवका आधारमा अहिले होमल्याण्ड फन होलिडेज नामक कम्पनी संचालन गरि विदेशी पर्यटकलाई नेपाल घुमाइरहेका छन् । सँगै विदेश भ्रमणमा जान इच्छुक नेपालीहरुलाई समेत उत्तरकोरिया बाहेकका अन्य सबै मुलुकको भ्रमण पनि गराउदै आएका छन् । 

२८ वर्षेका यी युवा व्यवसायमा मात्र सिमित छैनन । उनी सामाजिक सेवाको काममा पनि उत्तिकै सक्रियता पूर्वक लागिरहेका छन् । एमनेष्टि इन्टरनेशनको सक्रिय सदस्य समेत रहेका उनी यस बाहेक अन्य दजनौ संघसंस्था मार्फत दिनदुखी, गरिव, असहाय र अनाथहरुलाई दुखमा साथ दिदै आएका छन् । आगामी दिनमा पनि यो यात्रालाई थप सशक्त बनाउने उनको योजना छ । 

स्वदेश तथा विदेशको पर्यटन सम्भाव्यताबारे राम्रो ज्ञान हाँसिल गरेका उनी नेपालको पर्यटन क्षेत्रमा थप केही नयाँ काम गर्ने योजना छन् । नेपालमा पर्यटनको अथाह सम्भावना रहेको भन्दै युवा व्यवसायी राजेन्द्रले भावि दिनमा सबै सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै मुलुकको पर्यटन विकासमा सघाउन आफु प्रतिवद्ध रहेको बताएका छन् । ग्रामिण जनताको आयस्तर उकास्न सबैभन्दा महत्वपूर्ण मानिएको हामेस्टेलाई त थप प्रभावकारी बनाउने अभियानमा उनी लागि सकिकेका छन् । 

 

तपाईंको बिचार