Saturday, November 18, 2017

टानको ३९ औं साधारण सभा एवं निर्वाचन मिति कात्तिक १२ लाई तोकियो

प्रकाशित मिति: 2017/10/14

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ३९ औ वार्षिक साधारण सभा एवं निर्वाचन मिति सार्वजनीक गरेको छ। टानले आज एक सूचना जारी गरि आउँदो कात्तिक १२ गतेका लागि मिति तय गरेको जानकारी गराएको छ । 

‘असोज २४ गते बसेको कार्य समितिको ४६ औ पूर्ण बैठकले निर्णय गरे अनुसार संघको ३९ औ वार्षिक साधारण सभा एवं निर्वाचन मिति यही २०७४ कात्तिक १२ गते आइतबारका दिन होटल हायत रेजेन्सि बौद्धमा हुने छ । ’ टानद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। 

उक्त सूचनामा उल्लेख भए अनुसार कार्यसमितिको तर्फबाट संघका महासचिवद्वारा आर्थिक वर्ष २०७३÷ ७४ को वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०७४÷ ७५ को कार्यक्रम तथा योजनाहरु प्रस्तुत तथा सो माथि छलफल गर्नुका साथै कोषाध्यक्षद्वारा आथिर्क वर्ष २०७३÷ ७४ लेखापरीक्षण प्रतिवेदन एव २०७४÷ ७५ का लागि अनुमानित आय–व्यायको प्रतिवेदन माथि छलफल हुने छ । त्यस्तै आर्थिक वर्ष २०७४÷७५ का लागि लेखा परीक्षण तोकि नीजिको पारिश्रमिक समेत तोकिने छ । 

सोही साधारण सभाले टानको आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । 

 

तपाईंको बिचार