Thursday, November 23, 2017

निटले समानुपातिक सिफारिस पत्र पार्टी कार्यालयमा बुझायो

प्रकाशित मिति: 2017/10/15

काठमाडौं । नेपाली कांग्रस निकट पर्यटन व्यवसायिहरुको संस्था नेपाल पर्यटन व्यवसायि संघ (निट) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ तीन जनालाई प्रतिनिधि सभा सदस्य सिफारिस गरेको छ ।

निटको बैठकले निटका अध्यक्ष दीपक महत, सह–अध्यक्ष रामशरण थपलिया र बरिष्ठ पर्यटन व्यवसायि एवं निटका सल्लाहकार आङछिरिङ शेर्पा लाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको निट सचिवालयले जनाएको छ ।

संघले सिफारिस गरेसँगै नेपाल पर्यटन व्यवसायि संघ (निट) का अध्यक्ष दीपक महतको एक टोलील पार्टी कार्यालय सानेपामा शनिवार सिफारिस बुझाएको छ । देशको आर्थिक समृद्धिको लागि पर्यटन नै मुख्य मेरुदण्ड हो भन्दै पर्यटन व्यवसायीको सम्मानको लागि पनि पार्टीले पर्यटन व्यवसायीलाई समानुपातिक तर्फ लैजानु पर्ने महतले बताए । 

तपाईंको बिचार