Saturday, November 18, 2017

टानको बरिष्ठ उपाध्यक्षमा तामाङको दाबेदार

प्रकाशित मिति: 0


काठमाडौं । पदयात्रा ब्यबसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ३९औ बार्षिक साधारण सभा तथा निर्बाचन यहि अक्टोबर २९ तारिकमा हुदै छ । सो निर्बाचनमा अल्टिच्युड रान्दोने ट्रेकिङ्ग प्रालिका प्रबन्ध निर्देशक, युवा पर्यटन ब्यबसायी  छेटुप तामाङ्ले बिभिन्न पार्टीमा आबद्द तामाङ् ब्यबसायीहरुको प्रतिनिधित्व गर्दै  बरिष्ठ उपाध्यक्षमा उम्मेदवार घोषणा गर्ने भएका छन् । 

यधपि तामाङ्ग राजनीतिक आस्थाले  कांग्रेसको कार्यकर्ता र नेपाली कांग्रेस समर्थित पर्यटन ब्यबसायीहरुको संगठन नेपाल पर्यटन ब्यबसायी संघ  (निट) को  केन्द्रिय उपाध्यक्ष समेत रहेकोले संघको आधिकारिक निर्णय बिना अगाडी बढ्न नसक्ने बताए । पर्यटन क्षेत्रका बिभिन्न पार्टी समर्थित व्यवसायीहरुसँग सहकार्य गर्न सक्ने तामाङ्  निटले आफुलाई  उम्मेदवार चयन गरे सबै पार्टीमा आस्थ राख्ने पर्यटन ब्यबसायीहरुसंग सल्लाह र सुझाब लिएर सर्बसम्मत चयन हुने प्रबल सम्भावना रहेको बताए । 

महाभूकम्प र बिभिन्न प्राकृतिक प्रकोप पश्चात नेपालको पर्यटन उद्द्योग र अन्तरास्ट्रिय पर्यटन बजार खस्किरहेको अबस्थामा खर्चिलो र भड्किलो चुनाब गर्न नहुने तामाङ्ले बताए । उनले टानलाइ राजनीतिकरण भन्दा व्यवसायीकरण बनाउने एजेन्डा बोकेर आफ्नो उम्मेद्वारी दिने मनसाय बनाएको पनि बताए । 

तपाईंको बिचार