Saturday, November 18, 2017

टानको अध्यक्षमा नवराज दाहाले उम्मेदवारी दिने, भन्छन– यसपटक नेतृत्व अरुलाई सुम्पन सकिन्न

प्रकाशित मिति: 2017/10/16

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को वर्तमान कार्यसमितिले आँउदो कात्तिक १२ गतेका लागि ३९ औ वार्षिक साधारण सभा एवं निर्वाचन मिति घोषणा गरेसँगै टानको निर्वाचनलाई लिएर पर्यटन क्षेत्रको माहोल तत्न थालेको छ ।

 अध्यक्ष, महासचिव, लगायतका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएसकेको छ । सोही अनुसार  नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले टानको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका छन् । 

गन्तव्य नेपालसँग कुरागर्दै उनले विगतमा नेपाल पर्वतारोहण संघ (एनएनए) को निर्वाचनको समयमा एमाले समर्थित पर्यटन व्यवसायीक संगठनसँग टानको नेतृत्व आफ्नो संगठनलाई दिने सहमति भएको भन्दै सोही समझदारी अनुसार आफु अध्यक्षमा उठ्ने जानकारी दिए । 

यद्यपी एमाले समर्थित व्यवसायीहरुले विगतको समझदारी पालना नगरेर के गर्नुहुन्छ भन्ने गन्तव्य नेपालको प्रश्नमा उनले सहमति पालना गर्नेमा आफु विश्वस्त रहेको भन्दै यदी पालना नगरेको खण्डमा अन्य व्यवसायीक संगठनसँग सहकार्य गरेर भएपनि अध्यक्षमा उम्मेदवारी दिने बताए । कुनै पनि हालतमा यस पटक टानको नेतृत्व आफ्नै संगठनले गर्ने पनि दाहालको दाबी थियो । 

दाहाल टानका पूर्व महासचिव समेत हुन ।

तपाईंको बिचार