Saturday, November 18, 2017

टान निर्वाचनको लागि चार पार्टीका वार्ता कमिटी सार्वजनिक

प्रकाशित मिति: 2017/10/18

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यहि कात्तिक १२ गते बौद्ध स्थित होटल हायतमा सम्पन्न हुन गईरहेको ३९औं वार्षिक साधारण सभा सहितको निर्वाचनको लागि पर्यटन क्षेत्रमा रहेका विभिन्न पार्टी संगठनले वार्ता कमिटी सार्वजनिक गरेका छन् । 

नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट)ले अध्यक्ष दिपक महतको संयोजकत्वमा रामशरण थपलिया, कर्म शेर्पा, अच्यूत गुरागाई र रमेश धमला सहितको पाँच सदस्यीय कमिटी बनाएको छ । त्यसैगरी नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संघले अध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा सिताराम सापकोटा, मदन अचार्यलगायतको नौ सदस्यीय वार्ता कमिटी गठन गरेको छ । त्यस्तै माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले नवराज पाण्डेको संयोजकत्वमा तिलक लामा, बोधराज भण्डारी, तासी शेर्पा, सुर्दशन न्यौपाने, अविर कुमार मल्ल र  पम्फा धमलासहित सात सदस्यीय वार्ता कमिटी सार्वजनिक गरेको छ । यसैक्रममा नयाँ शक्ति निकट नेपाल पर्यटन परिषद्ले सचिवालय सदस्य चेवन देवकोटाको संयोजकत्वमा तीन सदस्यीय वार्ता कमिटी छनौट गरेको छ ।

यसैबीच सबै पार्टीका वार्ता कमिटीका संयोजकहरुले सकेसम्म सहमतीय आधारमा नेतृत्व चयन गर्ने यदि त्यो सम्भव नभएको खण्डमा प्यानल घोषणा गरी निर्वाचनमा जाने बताएका छन् ।

तपाईंको बिचार