Saturday, November 18, 2017

टानको अध्यक्षमा युवा व्यवसायी अन्जन थापा सिफारिस

प्रकाशित मिति: 2017/10/23

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका लागि नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठनले टानका पूर्व कोषाध्यक्ष तथा युवा पर्यटन व्यवसायी अञ्जन थापा (कुमार) लाई उठाउने भएको छ।  उम्मेदवार छनोटका लागि संगठनले निर्माण गरेको कार्यदलले थापाको नाम अध्यक्षमा सिफारिस गरेको हो । 

उम्मेदवार छनोट गर्ने कार्यदलमा संगठनका अध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा मदन आचार्य, सिताराम सापकोटा, राजेन्द्र सापकोटा र नवाङनिमा शेर्पा सदस्य रहेका थिए ।

कार्यदलले नेकपा एमाले निकट पर्यटन इलाका कमिटि र टे«किड शाखा कमिटि समेतको सल्लाह र सुझावलाई मध्यनजर गर्दै आफ्नो नाम अध्यक्षमा प्रस्ताव गरेको थापाले सबैलाई धन्यवाद दिए । अहिले टानले युवा नेतृत्व खोजी रहेको भन्दै उनले अध्यक्षमा आफुलाई सहयोग गर्न सबैसँग आग्रह पनि गरे ।       ‘टानमा पछिल्लो समय युवाहरुको नेतृत्वको आवाज जोडतोडका साथ उठ्दै आएको छ, गन्तव्य नेपालसँगको कुराकानीमा उनले भने, सोही भावनालाई मध्यनजर गर्दै संगठनले मलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ त्यसको लागि म सबैलाई धन्यावाद दिन्छु र मलाई टानको अध्यक्षमा सहयोग गर्न पनि सबैसँग आग्रह गर्छु ।’
 
उनले बामपार्टी सँगै अन्य विभिन्न आस्था र विचारमा आवद्ध व्यवसायीहरुसँग समेत सहकार्य र छलफल गर्दै सहमतिय आधारमा व्यवसायीक टिम निर्माण गरेर अघि बढ्ने सोचमा आफुरहेको भन्दै सो टिमले टानलाई थप गति र दिशा दिने पनि बताए । 
टानको आगामी कार्यकालका लागि यही कात्तिक १२ गते निर्वाचन हुदैछ ।

तपाईंको बिचार