Saturday, November 18, 2017

टानको अध्यक्षमा नवराज दाहालको दाबेदारी

प्रकाशित मिति: 2017/10/23

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । गन्तव्य नेपालसँग कुरागर्दै उनले विगतमा नेपाल पर्वतारोहण संघ (एनएनए) को निर्वाचनको समयमा एमाले समर्थित पर्यटन व्यवसायीक संगठनसँग टानको नेतृत्व आफ्नो संगठनलाई दिने सहमति भएको भन्दै सोही समझदारी अनुसार आफु अध्यक्षमा उठ्ने जानकारी दिए । 

उनले एनएमए निर्वाचनमा बरिष्ठता, व्यवसायीकता र सक्ष्मता र आलोपालो उल्लेख गरेको भन्दै सहमति पालना गर्नेमा आफु विश्वस्त रहेको भन्दै यदी पालना नगरेको खण्डमा अन्य व्यवसायीक संगठनसँग सहकार्य गरेर भएपनि अध्यक्षमा उम्मेदवारी दिने बताए । कुनै पनि हालतमा यस पटक टानको नेतृत्व आफ्नै संगठनले गर्ने पनि दाहालको दाबी थियो । 

उनले अन्य पदमा भागबनडा गरेपनि अध्यक्ष पदमा भने कुनै पनि बहानामा सम्झौता नहुने प्रष्ट पारे । दाहाल टानका पूर्व महासचिव समेत हुन ।

तपाईंको बिचार