Saturday, November 18, 2017

टान निर्वाचनका लागि पर्यटनका प्रजातान्त्रिक शक्तिहरु एकजुट

प्रकाशित मिति: 2017/10/24

काठमाडौं । यही कात्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल थप तातेको छ । टान निर्वाचनलाई लिएर पर्यटनमा क्रियाशिल विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यवसायीहरु यतिबेला व्यापक छलफलमा जुटेका छन् । 

सोही अनुसार प्रजातान्त्रिक विचार धारामा आवद्ध पर्यटन व्यवसायीहरु बीच मिसन टान निर्वाचन बनाएर जानेमा एकमत भएका छन् । व्यवसायीहरुको लामो छलफल पछि असन्तुष्ट समूह समेत एकै भएर टानको निर्वाचनमा होमिनेमा सहमत भएका हुन । 

बाम गठबन्ध सहित अन्य पार्टी आवद्ध पर्यटन व्यवसायीक संघ–संगठनहरुसँग समेत आपसी सहमति र सहकार्य गर्दै अघि बढ्ने पनि उनीहरुले जनाएका छन् । राष्ट्रिय राजनीतिमा जस्तै टानको निर्वाचनमा पनि बाम र प्राजातन्त्रिक व्यवसायीहरु बीच धुव्रीकरणको सम्भावना प्रवल देखिएको छ । 

 

तपाईंको बिचार