Saturday, November 18, 2017

टानको नेतृत्व कसले लिने भन्ने विषयमा एमाले र माओवादी समर्थित व्यवसायी बीच बिबाद चर्कियो

प्रकाशित मिति: 2017/10/24

काठमाडौं । दुई प्रमुख बाम शक्तिहरु नेकपा एमाले र माओबादी केन्द्र बीच तालमेल गर्दै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा होमिएका बेला पर्यटनमा भने यी दुई पार्टीमा आवद्ध व्यवसायीहरु बिबादमा फसेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्व कसले लिने भन्ने विषयलाई लिएर एमाले समर्थित राष्ट्रिय पर्यटन व्यवसायी संगठन र एमाओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनमा आवद्ध व्यवसायीहरु बीच बिबाद बढेको हो । 

यो विषयलाई निष्कर्षमा पु¥याउन भन्दै हिजो अवेर सम्म बसेको यी दुई संगठनमा आवद्ध व्यवसायीहरुको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । बैठकमा नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनको बेला भएको सहमति अनुसार टानमा आफ्नै नेतृत्वमा जानुपर्ने अडान माओवादी समर्थित नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले दोहो¥याएका थिए । त्यस्तै पर्यटनमा आफ्नो संगठनको प्रभाव राम्रो रहेको र अझ टानमा धेरै राम्रो जनाधार रहेको आफुहरुकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने एमाले समर्थित राष्ट्रिय पर्यटन व्यवसायी संगठनका व्यवसायीहरुले राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । 

यही कात्तिक १२ गते हुने टानको निर्वाचनका लागि एमाले समर्थित व्यवसायीहरुले अन्जन थापा र  माओवादी केन्द्र समर्थित व्यवसायीहरुले संगठनका संयोजक नवराज दाहाललाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेका छन् । दाहालले आफु बाहेक अरु कसैको नेतृत्वमा सहमति जुट्न नसक्ने अडान बारम्बार दोहो¥याउदै आएका छन् । उम्मेदवारको टुंगो लगाउन केन्द्रिय स्तरका शिर्ष नेताहरु सम्म लविङ सुरु भएको बुझिएको छ । 

यता, प्रजातान्त्रि विचारमा आवद्ध पर्यटन व्यवसायीहरुले भने टानको निर्वाचमा विभिन्न जातिय संघ–संगठन स्वतन्त्र व्यवसायी, आरोही लगायतसँग सहकार्य गर्दै छुटै टिम निर्माण गर्ने तयारीमा रहेको बुझिएको छ । 

जसको कारण यसपटक टानमा सहमतिय आधारमा नेतृत्व चयनका लागि केही गृहकार्य गरेपनि अव सहमतिय आधारमा नेतृत्व चयनको सम्भावना भने टुंगिएको व्यवसायीहरुले बताउन थालेका छन् । 

 

तपाईंको बिचार