Thursday, November 23, 2017

मोहन लम्साललाई टानको नेतृत्व लिन सर्बत्र दबाब, भन्छन्–बरिष्ठ उपाध्यक्षमा जाने हल्ला निराधार

प्रकाशित मिति: 2017/10/24

काठमाडौं । बरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले आफु टानको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा जान तयार रहेको भन्ने बजार हल्लाको टिप्प्णी गरेका छन् । गन्तव्य नेपालसँग कुरागर्दै लम्सालले बरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिएर आफु टानमा जान तयार रहेको भन्ने बजार हल्ला निराधार भएको प्रष्ट्याए ।

 
लम्साललाई टानको नेतृत्व लिन सर्बत्र दबाब आइरहेको छ । हिजैमात्र आयोजित पर्यटनका सिनियर क्राउड, पदयात्रा व्यवसायीका साथै अन्य विभिन्न संघ–संस्थामा आवद्ध व्यवसायीहरुको छलफलमा पनि लम्साललाई टानको अध्यक्षको उम्मेदवार बन्न चर्को दबाब दिएका छन् । पदयात्रा पर्यटन क्षेत्रमा हाँसिल गरेको अनुभवका साथै टानको विभिन्न पदमा रहेर काम गरेको अनुभवका आधारमा अध्यक्षमा उठ्न उनलाई दबाब दिएका हुन ।  

उनले प्रजातान्त्रिक विचार धारामा आवद्ध व्यवसायीहरुले आफुलाई टानको अध्यक्षको जिम्मेवारी दिनेमा आफु विश्वस्त रहेको भन्दै सहयोगका लागि पनि सबैसँग आग्रह गरे । ‘मलाई टानको जिम्मेवारी लिन व्यवसायीहरुले बारम्बर आग्रह गरिरहनु भएको छ,’ उनले भने, व्यवसायीको सल्लाह र सुझावलाई मनन् गर्दै म अध्यक्षमा जान लागेको हुँ । तर बजारमा मोहन लम्साल अध्यक्ष होइन बरिष्ठ उपाध्यक्ष पद लिएर भएपनि टानमा जान तयार छ भन्ने जुन हल्ला फैलाइएको छ त्यसमा कुनै सत्यता छैन ।’

उनले आफुले पद भन्दा पनि टानमा गएर काम गर्न चाहेको बताए । ‘पछिल्लो समय गतिहिन बनेको टानलाई गतिशिल बनाउन र खस्किएको टानको साँखलाई उचो बनाउनुका साथै पदयात्रा पर्यटनको क्षेत्रमा देखिएका समस्या समाधानमा काम गर्न चाहन्छु उनले भने त्यसकारण व्यवसायीकै सल्लाह अनुसार मैले भागबन्डाको आधारमा पद होइन नेतृत्वको जिम्मेवारी लिन चाहेको छु ।’ 

उनले पर्यटनमा क्रियाशिल विभिन्न राजनीतिक पार्टी आवद्ध संघ–संस्थालाई समेत सहयोगका लागि आग्रह गरेका छन् । 

 

तपाईंको बिचार