Saturday, November 18, 2017

पर्यटकीय नगरि ठमेल अव वाकिङ स्ट्रिट

प्रकाशित मिति: 2017/10/24

काठमाडौं । प्रमुख पर्यटकीय नगरि ठमेलमा सवारी साधन प्रवेशमा कडाई गरिएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा र ठमेल पर्यटन विकास परिषद्को संयूक्त पहलमा परिक्षणका रुपमा आइतबार देखि अत्यावश्यक बाहेकका अन्य सवारी प्रवेशमा कडाई गरिएको हो ।

पानी, एम्बुलेन्स, पर्यटक र सुरक्षा निकाय लगायतका अन्य अत्यावश्यक सवारीका साधनहरु भने पास लिएर प्रवेश पाउने छन् । पर्यटकीय क्षेत्र ठमेललाई सवारी प्रवेश निषेध गर्ने भन्दै लामो समय देखि प्रयासहरु भएपनि त्यसले सार्थकता पाउन भने सकेको थिएन । 

सवारी प्रवेशमा कडाई गरेसँगै ठमेल शान्त हुनुका साथै ठमेल घुम्नका लागि पनि सहज हुने विश्वास गरिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले बताए । ठमेललाई उपत्याकाकै नमुना सहरको रुपमा विकास गर्ने अभियानको सुरुवात स्वरुप यो कार्यको थालनी गरेको उनले बताए ।

ठमेल भित्र जाने सवारी साधानले त्रिदेबी मार्गबाट मात्र जान पाउने छन् । ट्याक्सि, हाइस, भ्यान, मोटरसाइकल जथाभावी रोक्न नदिने, ठमेल भित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाई गरिने छ भने ठमेल भित्र भएका होटलमा आवश्यकता अनुसार सवारी साधनको व्यवस्था गरिने भएको छ ।

परिषद्का अनुसार नेपाल भ्रमणमा आएका मध्ये ८० प्रतिशत पर्यटकले कुनै न कुनै रुपमा ठमेलको भ्रमण गर्ने गरेका छन् । सोही अनुसार आगामी दिनमा ठमेलको सडक निर्माण, तार व्यवस्थापन र सुरक्षाका लागि थप सिसिक्यामेरा जडान गरिने योजना बनाइएको अध्यक्ष गुरुङले जानकारी दिए ।

 

तपाईंको बिचार