Saturday, November 18, 2017

नवराज दाहाललाई टानको अध्यक्ष समर्थन पश्चात पर्यटन एमालेमा विद्रोह

प्रकाशित मिति: 2017/10/24

काठमाडौं । यही कात्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा एमाओवादी केन्द्र समर्थित नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय पश्चात एमाले समर्थित व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठन भित्र बिद्रोह सुरु भएको छ ।

संगठनका मदनकुमार आचार्य, राजेन्द्र सापकोटा, कुमार थापा, योगेन्द्र थापा, शिव लामिछाने, बिरेन्द्र अधिकारी र एमाले पर्यटन इलाका कमिटि अध्यक्ष धुब्र सिंखडा लगायतले उक्त निर्णय आफुहरुलाई अमान्य भएको भन्दै विशेष भेला आयोजना गरेका छन् । भोली बिहान आठ बजे दरबारमार्ग स्थित होटल उड्ल्यण्डमा विशेष भेला आयोजना गरिएको छ । 

टान निर्वाचनका लागि संगठनले गठन गरेको वार्ता कमिटि सदस्य राजेन्द्र सापकोटाले कोठे बैठकबाट एकलौटी ढंगमा गरिएको निर्णय आफुहरुलाई मान्य नहुने बताए । मनलाग्दी निर्णय गरेर नेतृत्वले हेपाह प्रबृती देखाएको भन्दै यसका विरुद्ध सशत्त रुपमा उक्रिने पनि उनले जानकारी दिए ।

संगठनको आजै बसेको बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

 

तपाईंको बिचार