Saturday, November 18, 2017

टानको अध्यक्षमा एमाले समर्थित व्यवसायीले नवराज दाहाललाई समर्थन गर्ने

प्रकाशित मिति: 2017/10/24


काठमाडौं । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनले आसन्न टानको अध्यक्षमा एमाओवादी केन्द्र समर्थित नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाललाई उम्मेदवार बनाउने भएको छ ।  

राष्ट्रिय पर्यटन व्यवसायी संगठनको आज बसेको बैठकले यस अघि भएको दुई संगठनको सहमतिलाई निरन्तरता दिदै दाहाललाई संयूक्त उम्मेदवारको रुपमा अघि बढाउने निर्णय गरेको हो । त्यस्तै बैठकले अन्य व्यवसायीक संगठनसँग पनि छलफल गरि सहमति गर्नका लागि चन्द्र रिजाल, नवराज पाण्डे, बोधराज भण्डारी,राजेन्द्र सापकोटा र ङावा ङिमा शेर्पा सम्मिलित वार्ता समिति पनि गठन गरेको  छ । 

यसअघि एमाले समर्थित संगठनले गठन गरेको कार्यदलले अञ्जन थापाको नाम अध्यक्षमा सिफारिस गरेको थियो । 

 

तपाईंको बिचार