Saturday, November 18, 2017

टानको अध्यक्षका लागि प्रजातान्त्रिक गठबन्धनबाट मोहन लम्साल सर्वसम्मत

प्रकाशित मिति: 2017/10/26

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक गठबन्धनको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्साललाई उम्मेदवार बनाइएको छ । नेपाल पर्यटन व्यवसायी संघ (निट)को बुधबार राती अवेर सम्म बसेको बैठकमा  लम्साल र केशव पाण्डेमध्ये कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्नेमा लामो बहस चलेको थियो ।

तर अन्ततः लम्सालको नेतृत्वमा प्रजातान्त्रिक शक्तिलाई एक ढिक्का बनाउँदै स्वतन्त्र तथा समावेशी व्यवसायीहरुलाई समेटेर टानको चुनावमा जाने निर्णय गरेको गन्तव्य नेपाललाइ जानकारी प्राप्त भएको छ । लम्साल टानको पूर्व महासचिव समेत हुन । 

यो निर्णयसँगै यही कात्तिक १२ गते होटल ह्यातमा हुने टानको निर्वाचनमा लम्साल र बाम गठबन्धनका तर्फबाट अध्यक्षका लागि उम्मेद्धार बनेका नवराज दाहालबीच प्रतिस्प्रर्धा हुने निश्चित भएको छ ।

 

तपाईंको बिचार