Saturday, November 18, 2017

टान निर्वाचनको लागि लम्साल समुहको प्यानल सार्वजनिक

प्रकाशित मिति: 2017/10/26

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यहि १२ गते होटल हायतमा सम्पन्न हुन गईरहेको निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्सालको नेतृत्वमा प्यानल सार्वजनिक गरिएको छ । 

लम्साल समुहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा माया गुरुङ, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी, सहकोषाध्यक्षमा किरण धरेल, कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्यान्दम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेल रहेको निटका सहअध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।

 

तपाईंको बिचार