Saturday, November 18, 2017

टान निर्वाचनमा एमाले असन्तुष्ट व्यवसायीले पार्टीका संगठन इन्चार्जलाई गुहारे

प्रकाशित मिति: 2017/10/26

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा एमाले सम्वद्ध व्यवसायीहरुले माओवादी केन्द्र सम्बद्ध संगठनका संयोजक नवराज दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णयसँगै सुरु भएको विद्रोहले थप उग्ररुप लिने संकेत देखिएको छ । 

उक्त निर्णय तत्काल सच्याई संगठनले गरेको निर्णयलाई लागु गर्न माग गर्दै असन्तुष्ट व्यवसायीहरुले  नेकपा एमाले संगठन मोर्चा संगठन इन्चार्ज गोकर्ण विष्टलाई पत्राचार गरेका छन् । 

यसअघि एमाले सम्वद्ध व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठन, पर्यटन इलाका कमिटि र पर्यटन इलाका कमिटि अन्तर्गत रहेका कमिटिहरुको सर्वसम्मत निर्णयबाट संगठनका सचिव अञ्जन थापा (कुमार)लाई निर्वाचनमा पठाउने निर्णय गरेको थियो ।

‘पार्टी संगठनको सर्वसम्मत निर्णय हुदाँ हुदै पनि संगठन भित्र छलफल नै नगरि अर्को संगठनलाई नेतृत्व सुम्पने केही व्यक्तिको निर्णयले संगठन र सम्पूर्ण व्यवसायीहरुको अपमान भएको छ । विष्टलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ, यस्तो असह्य र व्यक्तिवादी निर्णयलाई तुरुन्त सच्याई पार्टीको सर्वसम्मत निर्णयलाई लागु गर्न माग पत्रमा भनिएको छ । 

 

तपाईंको बिचार