Saturday, November 18, 2017

टान निर्वाचनको लागि लम्साल समूहको प्यानलद्वारा मनोनयन दर्ता

समृद्व टान बनाउने लम्सालको उद्घोष
प्रकाशित मिति: 2017/10/26

 

 

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यहि १२ गते होटल हायतमा सम्पन्न हुन गईरहेको निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्सालको नेतृत्वले मनोनयन दर्ता गरेको छ । 

लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसीले मनोनयन दर्ता गरेका छन् । 
त्यस्तै सह–कोषाध्यक्षमा किरण धरेल, कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्यान्दम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेलले टानको सचिवालय मालिगाउँमा भर्खरै मनोनयन दर्ता गरेका छन् । 

मनोनयन दर्ता पश्चात अध्यक्षयका प्रत्यासी मोहन लम्सालले समृद्व टान बनाउने अभियान स्वरुप आफ्नो टिम आएकाले सम्पूर्ण पदयात्रा, व्यवसायी  तथा शुभचिन्तकहरुलाई सहयोग गरिदिनको लागि अपिल समेत गरेका छन् । 

तपाईंको बिचार