Saturday, November 18, 2017

टानको निकास, पर्वतीय पर्यटनको विकासका लागि लम्साल प्यानल जिताऔ : केशव पाण्डे

प्रकाशित मिति: 2017/10/27

काठमाडौं । नेपाल पर्यटन व्यवसायी संघ (निट) नेपालका बरिष्ठ उपाध्यक्ष केशव पाण्डेले टानको निकास र पर्वतीय पर्यटनको विकासका लागि मोहन लम्साल नेतृत्वको प्यानल सक्षम रहेको बताएका छन् । उनले पदयात्रा पर्यटनको विकास, व्यवसायी र मजदुरहरुको समस्याबारे लम्साल नेतृत्वको प्यानल अनुभवी र सक्षम रहेको भन्दै सहयोगका लागि सबैसँग आग्रह गरे । 

‘म स्वयंम पनि अध्यक्षको दावेदार थिए तर सिनियर र पर्यटन बुझेको अनुभबि व्यक्ति भएको नाताले मेरै प्रस्तावमा हामी लम्सालको नेतृत्वमा प्यानल बनाएर अघि जान तयार भएका हौ, उनले गन्तव्य नेपालसँगको कुराकानीमा भने ।’

विभिन्न कारण टान पछिल्लो समय संकटमा पर्दै गएको भन्दै उनले टानलाई अहिलेको संकटबाट जोगाउदै यसको शाख उचो बनाउन पनि सबैभन्दा पहिला व्यवसायीक एकता आवश्यक भएको भन्दै त्यसैलाई निरन्तरता दिन आफु लम्साल नेतृत्वमा जान तयार भएको बताए । टानको आन्तरिक व्यवस्थापन, टिम्स बिबाद समाधान, पुराना ऐन कानुनुहरुको संशोधनका लागि पनि सबै निकायसँग सहकार्य गर्दै काम गर्न लम्साल नेतृत्व आतुर रहेको भन्दै पाण्डेले सबै व्यवसायीलाई लम्साल प्यानललाई मतदान गरि बिजयी गराउन पनि आग्रह गरे । 

त्यस्तै उनले निट नेपालले टानमा सहमतिय आधारमा नेतृत्व चयनलाई प्राथमिकता दिदै अन्तिम समय सम्म पनि उम्मेदवार घोषणा नगरि बसेपनि अरु व्यवसायीक संगठनहरुले उम्मेदवार घोषणा गरेर चुनावको निम्तो दिएपछि आफुहरु उम्मेदवार घोषणा गर्न बाध्य भएको पनि बताए । पाण्डे पर्यटनका अनुभवनी एवं निटका प्रभावशाली व्यक्तिको रुपमा चिनिन्छन् । 

तपाईंको बिचार