Saturday, November 18, 2017

पदयात्रा पर्यटनको विकास र मजदुर समस्या निराकरणका लागि मेरो उमेद्वारी : ऋषि नेपाल

प्रकाशित मिति: 2017/10/27

काठमाडौं । ऋषि नेपाल आसन्न टानको निर्वाचनमा नवराज दाहाल नेतृत्वको प्यानलबाट द्वितिय उपाध्यक्षका उम्मेदवार हुन । इन्टकान्टर्स नेपाल डटकमका संचालक नेपाल विगत दुई दशक देखि पदयात्रा पर्यटनको क्षेत्रमा क्रियाशिल छन् । 

सन् २००४ देखि टानका आवद्ध भएर टानका हरेक क्रियाकलापलाई नजिकबाट नियाली रहनुभएका उनले सन् २००७ मा टानको कार्यसमिति सदस्य पदमा रहेर काम गरिसकेका छन् । टानको व्यवस्थापन र पदयात्रा पर्यटनको विकासका लागि आफुले टानको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताएका छन् । ‘टानलाई व्यवस्थित बनाउदै सबै सरकारी, गैरसरकारी संघ–संस्था र व्यवसायीहरुसँग समन्वय गर्दै पर्यटन विकासमा लाग्ने मेरो मूख्य एजेन्डा हो उनले भने मलाई विश्वास छ व्यवसायीले हामीलाई त्यो अवसर दिनुहुने छ ।’

त्यस्तै उनले मजदुरहरुको समस्या साधानका पनि आफ्नो टिमको प्रमुख एजेन्डा भएको बताए । ‘म व्यक्तिगत रुपमा टानमा गएर केही लिउला भनेर गइरहेको छैन, व्यवसायीक समयलाई छोडेर अहिले सम्म यस क्षेत्राबाट प्राप्त अनुभवका आधारमा पदयात्रा पर्यटनको विकासमा सघाउ पुर्‍याउने उद्धेश्यले म त्यहाँ जादैछु उनले भने ।’

तपाईंको बिचार