Thursday, November 23, 2017

टानलाई चरम आर्थिक संकटबाट मूक्ति दिलाउन मेरो उम्मेदवारी : सुवास केसी

प्रकाशित मिति: 2017/10/27

काठमाडौं । एक्सीटिङ नेपाल ट्रेक्स एन्ड एक्सपिडिस नेपालका प्रबन्ध निर्देशक सुवास केसी आसन्न टान निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवार हुन । प्रजातान्त्रिक र स्वातन्त्र व्यवसायीहरुको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका उनले टानको आर्थिक पारदर्शिता, कोषको मजबुतीका लागि आफ्नो उम्मेदवारी भएको बताए । 

‘चरम आर्थिक संकटमा फसेको टानलाई मूक्ति नदिइकन पर्यटन प्रवद्र्धन लगायतका अन्य काम गर्न सकिदैन गन्तव्य नेपालसँगको कुराकानीमा उनले भने, त्यसकारण टानलाई आर्थिक रुपमा अब्बल बनाउन मैले यस पदमा उम्मेदवारी दिएको हुँ ।’
 
सन् १९९८ देखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल केसी सन् २००९ देखि टानमा आवद्ध छन् । उनले टानको आर्थिक विकासका लागि आफुले टान भित्र आमुल परिवर्तन ल्याउने भन्दै मतदान गरि जिताउन सबै पदयात्रा व्यवसायी तथा शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । 

तपाईंको बिचार