Saturday, November 18, 2017

टानलाई सबै व्यवसायी, मजदुरहरुको भरोसाको केन्द्रको रुपमा विकास गछौ : निलहरी बाँस्तोला

प्रकाशित मिति: 2017/10/27

काठमाडौं । एसियन हेरिटेज ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोला (निलम) ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा प्रजातान्त्रिक र स्वतन्त्र समूहबाट द्वितिय उपाध्यक्षका उम्मेदवार हुन । विगत दुई दशक भन्दा लामो समय देखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल बाँस्तोलाले टानलाई अहिलेको संकटबाट जोगाउन र पदयात्रा पर्यटनको विकासका लागि आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । 

‘मेरो पर्यटन क्षेत्रको अनुभवका आधारमा टानमा गएर नेपालको पदयात्रा पर्यटनको विकास, व्यवसायी र मजदुरका समस्या समाधानका लागि केही योग्दान गर्नको लागि उम्मेदवारी दिएको हुँ, गन्तव्य नेपालसँगको कुराकानीका क्रममा उनले भने, अझ पछिल्लो समय टानमा चरम राजनीतिकरणका कारण उठ्नै नसक्ने गरि थला परेको छ यसलाई हाम्रो टिमले थप चलायमान बनाउने छ ।’

यसका साथै टिम्स समस्या समाधान, पूराना ऐन कानुनको संशोधनसँगै नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी गर्नु आफुहरुको अर्को महत्वपूर्ण एजेन्डा भएको पनि उनले बताए ।  टानलाई आफुहरुकै कार्यकालमा सम्पूर्ण पदयात्रा व्यवासायीको आशा र भरोसाको केन्द्र बनाउने भन्दै मतदान गरि सहयोग गर्न पनि सबै व्यवसायी र सरोकारवालाहरुसँग अपिल गरे । 

बाँस्तोला विसं २०५८ साल देखि टानमा आवद्ध छन् । यसअघि २०६९ देखि ०७१ सम्म टानको कार्यसमिति सदस्यको रुपमा निर्वाचित भएर काम गरिसकेका छन् । 

तपाईंको बिचार