Saturday, November 18, 2017

पर्यटनका अनुभवी चेवन देवकोटा टानका महासचिवका उम्मेदवार

प्रकाशित मिति: 2017/10/27

काठमडौं । पर्यटन व्यवसायी चेवन देवकोटाले टानको महासचिव पदमा उम्मेदवारी दिएका छन् । मोहन लम्साल नेतृत्वको प्रजातान्त्रिक र स्वतन्त्र व्यवसायीहरुको तर्फबाट उनले महासचिवमा उम्मेदवारी दिएका हुन । 

विगत २२ वर्ष देखि पर्यटन क्षेत्रमा क्रियाशिल देवकोटाले पर्यटनमा गुणस्तरीय सेवाको विकास, सरकार र नीति क्षेत्र विच सहकार्य गर्दै पर्वतीय पर्यटनको विकास, नयाँ नयाँ गन्तव्यहरुको पहिचान गर्दै मजदुर र व्यवसायीका समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्र्नु आफ्नो मुख्य एजेन्डा भएको बताएका छन् ।  

त्यस्तै नेपाल पर्यटन बोर्ड र अन्य सारोकारवाला निकायहरुसँग सहकार्य गर्दै टिम्स समस्या समाधान गर्ने र यस क्षेत्रलाई थप व्यवस्थित बनाउन महासचिवमा उम्मेदवारी दिएको भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह गरे । 

देवकोटा मनास्लु एड्भेञ्चर ट्रेकिङ प्रालिका संचालक हुने यसको अलावा उनले पर्यटन सेवा संघ र नेपाल पर्वतारोहण संघको कार्यसमिति एवं सचिवालय सदस्यमा रहेर कुशल जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

 

तपाईंको बिचार