Saturday, November 18, 2017

टानलाई आर्थिक दलदलबाट निकाल्न कोषाध्यक्षमा मेरो उम्मेदवारी : रामकृष्ण तिमल्सिना

प्रकाशित मिति: 2017/10/27

काठमाडौं । हिमालयन सिनेयरी ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं युवा पर्यटन व्यवसायी रामकृष्ण तिमिल्सिना ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कोषाध्यक्ष पदका प्रत्यासी हुन । विगत १७ वर्ष देखि पर्यटन क्षेत्रमा क्रियाशिल उनले नवराज दाहाल नेतृत्वको बाम गठबन्धनबाट कोषाध्याक्ष पदमा उम्मेदवारी दिएका छन् । 

गन्तव्य नेपालसँग कुरागर्दै उनले टानको कोषलाई थप व्यवस्थित बनाउन आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । ‘टानलाई व्यवस्थित बनाउन सबैभन्दा पहिला कोषलाई व्यवस्थित बनाउन जरुरी छ, उनले भने, विगतका कुनै पनि कोषाध्यक्षले त्यो काम गर्न नसक्दा टान थप धरासायी बन्दै गयो । त्यसकारण टानलाई अहिलेको चरम आर्थिक दलदलबाट निकालेर कोषलाई बलियो बनाउनु मेरो प्रमुख एजेन्डा हो ।’

अहिले सम्म हासिँल गरेको व्यवसायी अनुभवका आधारमा टानमा गएर काम गर्न चाहेको भन्दै  सहयोगका लागि पनि सबै व्यवसायी र सरोकारवालाहरुसँग आग्रह समेत गरे । 

तपाईंको बिचार