Saturday, November 18, 2017

टान निर्वाचन : लम्साल प्यानलको प्रतिवद्धता पत्र सार्वजनीक

मजदुर समस्या समाधान देखि पर्यटकीय पूर्वाधार निर्माण सम्मका बुँदा समावेश
प्रकाशित मिति: 2017/10/27

काठमाडौं । आउदो आइतबार हुने टानको निर्वाचनका लागि मोहन लम्साल नेतृत्वको प्यानलले चुनावी प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । समूहले राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनीक गरेको हो ।

 उक्त समूहको प्रतिवद्धता पत्रमा ट्याक्स–भ्याटका समस्या समाधान, टानको संस्थागत सुदृढिकरण, पर्वतीय पर्यटन पूर्वाधार निर्माण देखि मजदुर र पर्यटन व्यवसायीका समस्या समाधान सम्मका विषय समावेश गरिएको छ । 

मुलुकको संघीय संरचना अनुसार पर्वतीय पर्यटनक क्षेत्रमा देखिन थालेका थप देखिन सक्ने शूल्क, स्थानीय कर तथा अन्य स्थानीय शूल्कका विषयलाई राज्य र पर्यटन व्यवसायीको समेत सल्लाह र सुझावका आधारमा समाधान खोज्ने, पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज प्रवेश लगायतका सबै अनुमति पत्र एकद्वार प्रणाली मार्फत व्यवस्था गर्ने, टानको आन्तरिक व्यवस्थालाई थप सृदृढ बनाउने, राजनीतिकरण र राजनीतिक प्रभावबाट टानलाई मूक्त राख्ने उल्लेख छ । 

त्यस्तै प्रतिवद्धता पत्रमा टिम्सबाट संकलित रकमको केही अंश अनिवार्य रुपमा अन्तर्राष्ट्रिय प्रवद्र्धमा खर्च गर्ने व्यवस्था गर्ने, नेपालको पर्वतीय पर्यटन सम्बन्धि गुणस्तरिय सामाग्रीहरु निर्माण गरि राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न माध्यमद्वारा प्रवद्र्धन गर्ने, मजदुर संघ–संगठनहरुसँग सम्पर्क र सहकार्य गरि मजदुर र व्यवसायी बीच सुमधुर सम्बन्ध विकास गर्ने, विस्तापित पदमार्गहरुको सट्टमा बैकल्पिक पदमार्गहरुको विकास गरिने पत्रमा उल्लेख छ । 

पत्रकार सम्मेलनमा वरिष्ठ पर्यटन व्यवसायीद्वय केशव पाण्डे र सागर पाण्डेले मोहन लम्साल समुहको टिम व्यवसायीक र टानलाई गति दिन सक्ने गैरराजनीतिक समुह भएकोले उक्त समुहलाई अत्याधिक बहुमतले विजयी गराउन आफुहरु लागि परेको बताए । 

त्यसैगरी अध्यक्षका प्रत्यासी मोहन लम्सालले टानलाई नयाँ गति र दिशा दिन आफ्नो समुह सक्षम रहेको बताउँदै पदयात्रा व्यवसायीहरुको तमाम समस्याहरुको समाधान गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । 

 

तपाईंको बिचार