Saturday, November 18, 2017

लम्साल समुहको आज साँझा र्‍याडिसन होटलमा परिचयात्मक कार्यक्रम हुने

प्रकाशित मिति: 2017/10/28

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भोली १२ गते आईतबार होटल हायतमा हुन गईरहेको निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी मोहन लम्साल समुहको उम्मेद्वार परिचयात्मक तथा भेटघाट सहितको रात्रीभोज कार्यक्रम आज साँझ होटल र्‍याडिसनमा हुने भएको छ । साँझ ६ बजेबाट सुरु हुने उक्त कार्यक्रममा पद यात्रा पयर्टन व्यवसायी, पर्यटन विज्ञ, पत्रकारलगायतको ठुलो मात्रामा सहभागिता हुने लम्साल समुहले बताएको छ ।

मकालु एड्भेन्चरका संचालक समेत रहेका अध्यक्षका प्रत्यासी मोहन लम्सालले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै आज बेलुका हुने उम्मेद्वार परिचयात्मक कार्यक्रममा पदयात्रा पर्यटन व्यवसायी, पर्यटन विज्ञ, पत्रकारहरुलाई कार्यक्रममा सहभागिता जनाई दिनुहुनका लागि अनुरोध गरेका छन् । 

उनले समृद्ध टान बनाउने अभियान स्वरुप आफ्नो नेतृत्व अघि बढि रहेको टानको सानको लागि आफ्नो समुहलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन टानका सदस्यहरुलाई आग्रह समेत गरेका छन् । आफु टानलाई सम्मानीत संस्थाको रुपमा अघि बढाउन आफु टानको लागि प्रतिबद्ध रहेको जनाउँदै सम्पूर्ण पदयात्री व्यवसायीहरुको तत्कालिन तथा दिर्घकालिन समस्याको समाधान गर्नेको लागि आफु प्रतिबद्ध रहेको पनि लम्सालले दोहोर्‍याउनु भयो । 

तपाईंको बिचार