Saturday, November 18, 2017

पर्यटनकी साहसी महिला ऋतु ग्याम्दान

प्रकाशित मिति: 2017/10/28
टान सदस्यकी प्रत्यासी ऋतु ग्याम्दान
टान सदस्यकी प्रत्यासी ऋतु ग्याम्दान

काठमाडौं । ट्रेकिङ ऐन्जिसीज एसोसिएसन अफ नेपाल (टान)को भोली कात्तिक १२ गते हुन गईरहेको निर्वाचनको लागि मोहन लम्साल समुहबाट महिला तर्फबाट ऋतु ग्याम्दानले कार्यसमिति सदस्यमा प्रतिस्पर्धा गर्दै छिन् ।

ग्याम्दानले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै आफुले पदयात्रा व्यवसायीहरुको हकहितका साथै पर्यटन क्षेत्रमा महिलाहरुको सहभागितालाई उत्साह पूर्वक गराउनको लागि टान कार्यसमिति सदस्यको उम्मेद्वारी दिएको बताईन् । उनले सबैले विश्वास गर्ने टान, पदयात्रा व्यवसायीको सानदार संस्था बनाउने र देशै भरीका  गाउँदेखि शहरसम्म होमस्टेको विकास गर्ने अभियान स्वरुप आफु टानमा जान इच्छुक रहेको पनि बताईन् । 

रसुवा–नुवाकोट पर्यटन समाजको कार्यसमिति सदस्य समेत रहेकी ग्याम्दान २०४६ जेठ २ गते बेत्रावती, उत्तरगया गाउँपालिका, रसुवामा जन्मनुभएकी उनले व्यवस्थापनमा स्नातक सन् २००८ देखि पर्यटनमा क्षेत्रमा सकृय छिन् । ट्रेकिङ गाइड उहाँ थोरै महिला र्‍याफटिङ इन्स्ट्रक्टरमध्येकी एक हुनुहुन्छ । कायाकर समेत रहनुभएकी उहाँ नेपाल फिमेल गाइड प्रालिकी प्रबन्ध निर्देशक हुनुहुन्छ । देशकै प्रतिष्ठित सेलिब्रेटी वुमनहुड नवदेवी सम्मान २०७० बाट सम्मानित उहाँ पर्यटन सेवा संघकी सचिव पनि हुनुहुन्छ । लामो समयदेखि ट्रेड युनियनमा समेत आवद्ध उहाँ महिला सशक्तिकरण, अशक्त बालबालिका, पर्यटनलगायत क्षेत्रमा सकृय रहनुका साथै ग्रामीण प्रगति समाज रसुवाकी अध्यक्ष समेत हुनुहुन्छ । 

 

तपाईंको बिचार