Saturday, November 18, 2017

टान निर्वाचन : भ्रमको खेति नगर्न लम्साल समुहको दाहाल समुहलाई चेतावनी

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आज होटल हायतमा हुन गईरहेको पूर्व सन्ध्यामा नवराज दाहाल समुहले कपोकल्पित र भ्रामक समाचार सामाजिक संजालमा वदनियत पूर्ण रुपमा गरेको प्रति मोहन लम्साल समुहले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

लम्साल समुहले आफ्नो नेतृत्वको व्यक्तिगत र व्यवसायीक रुपमा चरित्र हत्या गर्ने बदनियत पूर्ण रुपमा प्रचार गरिएको छ । यो दाहाल समुहको पराजित मानसिकताको उपज हो । हामी टानमा पदयात्रा व्यवसायीहरुको हकहित र समग्र पर्यटनको विकास गर्न टानमा जान लागि रहेका छौं । हामीमा कुनै राजनीतिक स्वास्र्थ छैन । तर यहाँ जुन किसिमले एभरेष्ट काण्डको नाम दिएर जुन दुश्प्रचार गरिएको छ यसमा कुनै सत्यता छैन ।
 
त्यसैले सम्पूर्ण पदयात्रा व्यवसायीहरुलाई मौसमी र भ्रमको खेती गर्नेहरुको पछि नलागि मोहन लम्साल समुहको व्यवसायीक टिमलाई अत्याधिक बहुमत दिलाई टानलाई व्यवसायीक संस्थाको रुपमा चित्रण गराई दिनुहुन मोहन लम्साल समुहले आग्रह गरेको छ । हामी राजनीति गर्दैनौं हामीमा राजनीतिक नेतृत्व गरेका व्यक्तिहरु पनि छैनन्, हामी यति मात्र चाहान्छौं टानलाई राजनीति मुक्त बनाई समृद्ध टानको निर्माण गरौं लम्साल समुहको भनाई छ ।
 
यसै सन्र्दभमा टानका अध्यक्षको प्रत्यासीको रुपमा रहेका मोहन लम्सालले गन्तव्य नेपालसँग छोटो कुराकानी गर्दै आफ्नो चरित्र हत्या गर्ने नियतले जुन सामाजिक संजालमा प्रचार गरिएको छ मेरो गम्भिर आपत्ति छ । म चुनौती दिन चाहन्छु जुन एभरेष्ट काण्ड जोडेर मेरो चरित्रको बदनाम गराउने कोशिस भईरहेको यो अनर्लगल प्रचार प्रमाणित गरेर देखाए पर्यटन क्षेत्रबाट आफुले हातधुने समेत बताउनु भयो । उहाँले मेरो व्यक्तित्व, मेरो कम्पनीको बारेमा सम्पूर्ण पर्यटन विज्ञ पदयात्रा व्यवसायीहरु जानकार हुनुहु्न्छ । आफु मजदुरको नेता जस्तो बनेर व्यवसाय संचालन गर्ने अनि मेरो चरित्र हत्या गर्ने नियतले सामाजिक संजालमा हुँदै नभएको र हुनै नसक्ने कुराको हल्ला चलाउने यो कस्तो काइदा हो उहाँले भन्नु भयो । मेरो बारेमा हल्ला चलाउने साथिहरुलाई सत्य तथ्य बुझ्न पर्यटन मन्त्रालय अन्र्तगतको पर्यटन विभागमा गएर बुझ्न म अनुरोध गर्न चाहान्छु लम्सालले भन्नु भयो । 

तपाईंको बिचार