Saturday, November 18, 2017

टान निर्वाचनमा मतदान गर्न जाँदा के के चाहिन्छ, ल हेर्नुहोस्

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)को निर्वाचन आइतबार राजधानीको होटल ह्यातमा सुरु भएको छ । जम्मा ११८६ जना मतदाता रहेको टान निर्वाचनका लागि दिनको १ बजेदेखि मतदात सुरु हुने टान निर्वाचन आयोगले जनायो । मतदान गर्नका लागि के के चाहिन्छ भेन्न मतदाताहरुबीच अन्यौलता हुन सक्छ । यसलाई ध्यानमा राख्दै टान निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा आधारित यो समाग्री तयार पारिएको छ ।

(क) मतदाता सूचिमा नाम उल्लेख भएको सदस्य एजेन्सीको संचालक रहेको पुष्टि हुने निम्न बमोजिमको सक्कल कागज वा प्रतिलिपी मध्ये कुनै १ निर्वाचन अधिकृतलाई मतदानको समयमा बुझाउनु पर्नेछ, कागजातको प्रतिलिपि ल्याएको अवस्थामा दुविधा देखिएमा सक्कलै देखाउनु पर्नेछ ।

(अ) संचालकको नाम उल्लेख भएको कम्पनी दर्ता प्रमाणपत्रको सक्कल वा स्थायी लेखा नंम्वर दर्ता प्रमाण पत्र वा पर्यटन उद्योग महाशाखाबाट जारी भएको प्रमाणपत्र वा उद्योग दर्ता प्रमाणपत्रहरु मध्ये कुनै १, वा

(आ) सदस्य कम्पनीको प्रवन्धपत्र वा नियमावली मध्ये कुनै १, वा

(इ) कम्पनी रजिष्ट्रारको कार्यालयबाट अभिलेख भएको सदस्य कम्पनीको संचालक समितिको लगत वा शेयरधनी दर्ता कितावको लगत,

(ख) ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) को केन्द्रिय कार्यालयमा कायम रहेको सदस्य कम्पनीहरुको संचालकको अभिलेखमा उल्लेख भएको व्यक्ति ।

(ख) मतदान गर्न आउने व्यक्तिको परिचय खुल्ने प्रमाण आवश्यक हुने
माथि (क) मा लेखिएको कागजात मध्ये कुनै एउटा कागजातका साथै उक्त कागजातमा नाम उल्लेख भएको संचालकको नाम भिड्ने नागरिकताको प्रमाण पत्र वा मतदाता परिचयपत्र वा सवारीचालक अनुमतीपत्र वा राहदानी मध्ये कुनै एक परिचय खुल्ने परिचयपत्र निर्वाचन अधिकृतलाई अनिवार्य देखाउनु पर्नेछ ।
(ग) मतदान स्थलमा पालन गर्नु पर्ने कर्तव्यः

मतपत्र, मतदानको लागि रेजा लगाउने स्थान गोप्य हुने अर्थात गोप्य मतदान हुने हुनाले गोप्य मतदानको प्रक्रियालाई दख्खल दिने गरी कुनै पनि सि.सि. टि.भि., क्यामरा, मोवाइल वा अन्य इलेक्ट्रोनिक्स डिभाइस मतदान गर्ने गोप्य स्थानमा लान पाइने छैन ।

तपाईंको बिचार