Saturday, November 18, 2017

टानको साधारण सभामा सदस्यहरुको न्युन उपस्थिति

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ३९औं वार्षिक साधारण सभाको दृश्य अत्यन्तै लज्जासपद देखिएको छ । 

५१ प्रतिशत सदस्यको उपस्थिति भएपछि मात्र वार्षिक साधारण सभा सुरु हुन सक्ने वैधानीक व्यवस्था छ । टानको वर्तमान नेतृत्वले आज होटल हायतमा यस्तो रहोवर देखाएको छ । टानको जम्मा सदस्य संख्या मध्ये यस पटकको निर्वाचनमा मतदान गर्न पाउने टानले नै सार्वजनिक गरेको सदस्य संख्या ११ सय ८६ रहेको छ । तर आईतबार होटल हायतको हलमा १ः३० बजेदेखि सुरु भएको साधारण सभामा २५/३० जना मात्र सदस्यको उपस्थिति देखिएको छ । यो टान र सिंगो पर्यटन क्षेत्रकै एतिहासकै लज्जासपद दृश्य हो । यसो हुनुका कारण टानका वर्तमा नेतृत्वले पर्यटनको सिजन भने पनि यसको कुनै तुक देखिदैन किनभने टानको निर्वाचनबारे पर्यटन व्यवसायीहरुलाई जानकार छ तर अहिलेको नेतृत्वले सिमित अवस्थाको घेराभन्दा बाहिर गएर ट्रेकिङ व्यवसायीहरुको हितमा सिन्को नभाच्नु यसको मुख्य कारण हो । 

तपाईंको बिचार