Saturday, November 18, 2017

टानको मतदान : ७२७ मत खस्यो, मतगणना सुरु (ताजा अपडेट)

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को मतगणना जारी छ । दिउँसो १ बजेबाट सुरु भई साँझ ५ बजे सकिएको मतदानमा जम्मा ७ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । जुन ६१.३० प्रतिशत हो ।

यस निर्वाचनका लागि जम्मा मतदाता संख्या ११ सय ८६ थियो । मत गणना तीन भागमा विभाजन गरेर गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । आजै राति ११ बजेसम्ममा सम्पूर्ण मतगणना सकिने अनुमान गरिएको छ ।

टानको आगामी नेतृत्वका लागि मोहन लम्साल समुह र नवराज दाहाल नेतृत्वको समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ । अध्यक्षमा स्वतन्त्र उम्मेद्वारको रुपमा नुरु जांबु शेर्पाले समेत उम्मेद्वारी दिएका छन् ।

तपाईंको बिचार