Saturday, November 18, 2017

झिनो मतान्तरले टानमा दाहाल विजयी

प्रकाशित मिति: 2017/10/30

काठमाडौं। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा वाम गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नवराज दाहाल विजयी भएका छन् । टानको ३९औ वार्षिक साधारण सभासङ्गै आईतवार होटल ह्यातमा सम्पन्न निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी मोहन लम्साललाई थोरै मतान्तरले पराजित गर्दै दाहाल बिजयी भएका हुन् ।

दाहालले ३३१ मत ल्याउँदा लम्साल प्रजातान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका लम्सालले ३१३ ल्याएका थिए । जुन १८ मतको अन्तर हो । यता स्वतन्त्र उम्मेद्धार नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गरेका छन् ।

टान निर्वाचन समितिकाअनुसार अध्यक्षसहित वाम गठबन्धनबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ६ जना कार्यसमिति सदस्य पनि जित्न सफल भएको छ । यता प्रजातान्त्रिक गठबन्धनबाट भने बरिष्ठ उपाध्यक्ष , द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य पद जित्न सफल भएको छन् ।

आईतवार दिउसो १ बजे देखि ५ बजेसम्म मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । जम्मा ११८६ मतदातामध्ये ७२७ जनाले मात्रै मतदान गरेका थिए ।

कुन कुन पदमा को को जिते नतिजा हेर्नुहोस् :

(अध्यक्ष):
नवराज दाहाल –331 विजयी
मोहन लम्साल–  313
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)– 50

(वरिष्ठ उपाध्यक्ष):
पूर्ण चन्द्र भूषाल –328
खुम बहादुर केसी –359 विजयी

(प्रथम उपाध्यक्ष):
जीवन थापामगर –408विजयी
बाबुकाजी सिटौला –280

(द्धितिया उपाध्यक्ष):
ऋषि प्रसाद नेपाल –319
निलहरी बास्तोला –364 विजयी

(महासचिव):
आङ पेम्बा शेर्पा – 377 विजयी
चेवन देवकोटा – 325

(सचिव):
सुजन लामिछाने –359 विजयी
चोलेन्द्र बहादुर कार्की – 330

(कोषाध्यक्ष):
रामकृष्ण तिमल्सिना –342विजयी
सुवास केसी –339

(सह-कोषाध्यक्ष):
तारा राना –385 विजयी
किरण धरेल –282

(महिला सदस्य):
कविता लामिछाने –261
ऋतु ग्याम्दान –417 विजयी

(सदस्य):
रविन्द्र अधिकारी –371 विजयी
राजन प्रसाद काप्री –342 विजयी
गोपाल श्रेष्ठ –363 विजयी
जीवन लामा –375 विजयी
बाबुराम गुरुङ –362 विजयी
सुक बहादुर लामा –340 विजयी
हरि शरण खरेल –264
हर्क बहादुर गुरुङ –320
शेर बहादुर परियार –334 विजयी
जंग बहादुर लामा –343 विजयी
कुल प्रसाद सुवेदी –275
सरोज कट्टेल –268
तपन राज भण्डारी –273
सुर्य बहादुर थापा –304
नामग्याल जाङबु शेर्पा –322
आङबाबु शेर्पा –323

तपाईंको बिचार