Saturday, November 18, 2017

टान अध्यक्ष बन्न दाहालले गरेको हर्कतप्रति गन्तव्य नेपालको गम्भिर आपत्ति

प्रकाशित मिति: 2017/10/31

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को चुनाव जित्नका लागि नवनिर्वाचित अध्यक्ष नवराज दाहालको घिन लाग्दो हर्कतप्रति गन्तव्य नेपालले गम्भिर आपत्ति जनाएको छ । दाहालले मोहन लम्सालले ‘टुरिजम म्यान अफ दी इयर अवार्ड २०१६’ पैसा तिरेर लिएको भन्ने आरोपको खण्डन गर्दै गन्तव्य नेपालले आपत्ति जनाएको हो ।

 निर्वाचन जित्नका लागि सामाजिक सञ्जालमा गन्तव्य नेपालको नाम बेचेर उनले आफ्नो औकात देखाएका थिए । उनले टान अध्यक्षमा आफ्नो जित सुनिश्चित गर्नेे मात्रै नभई पर्यटन प्रवद्र्धन र विकासमा व्यवसायी र पत्रकारहरुबीचको सौहार्दता र सहकार्यलाई भाँड्ने नियतले यस्तो आरोप लगाएको देखिन्छ । 

‘टुरिजम म्यान अफ दी अवार्ड’ पर्यटन क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई गन्तव्य नेपालले हरेक वर्ष प्रदान गर्दै आएको पर्यटन क्षेत्रकै लोकप्रिय अवार्ड हो । ‘टुरिजम म्यान अफ दी अवार्ड’ माथि दाहालले उठाएको प्रश्न तथ्यहिन र दुषित मासिकताबाट प्रेरित रहेको उल्लेख गर्दै गन्तव्य नेपालले त्यसलाई प्रमाणित गरेर देखाउन चेतावनी दिएको छ । 

आफ्नो लाभका लागि अरुको मानमर्दनमाथि आँच आउनेगरी यत्तिसम्म निज व्यवहार प्रदर्शन गर्नुले टान अध्यक्षमा निर्वाचित भइसकेपछि यी मानिसले के काम गर्लान् भन्ने प्रश्न चिन्ह खडा भएको छ । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले टानको अध्यक्ष जित्नको लागि दाहालले देखाएको हर्कत समग्र पर्यटन पत्रकारिता माथिको प्रहार भएको बताएका छन् । 

तपाईंको बिचार