Thursday, November 23, 2017

टानका पूर्वमहासचिव धरेल डेनमार्कका लागि अवैतानिक वाणिज्यदुतमा नियुक्त

प्रकाशित मिति: 2017/10/31

काठमाडौं । टानका पूर्वमहासचिव तथा बरिष्ठ पर्यटन व्यवसायि हरि धरेल डेनमार्कका लागि नेपालको अवैतानिक वाणिज्यदुतमा नियुक्त भएका छन् । धरेल नोभेम्बर १ देखि लागु हुने गरि वाणिज्यदुत नियुक्त भएका हुन । धरेल हाईल्याण्डर ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि, हिमालयन ट्रेल्स एड्भेञ्चर ट्राभल एण्ड टुर्स प्रा.लि, तथा होटल हाईल्याण्डर ईनका प्रबन्ध निर्देशक हुन ।

नेपाल र डेनमार्क विच विगत ५० वर्ष देखि कुटनितिक र व्यवसायिक सम्बन्ध रहेको छ । धरेलको विगत तीस वर्ष देखि डेनमार्कसँग सम्बन्ध रहँदै आएको छ । परराष्ट्र मन्त्रालयले केहि दिन पछि एक औपचारिक कार्यक्रमको आयोजना गरि धरेललाई अवैतानिक वाणिज्यदुत नियुक्त गर्ने जनाईएको छ ।

नेपाल र डेनमार्क विच व्यवसायिक सम्बन्ध विस्तार, दुई देशका व्यवसायिहरु विच सम्बन्ध विस्तार लगायतका विषयमा आँफुले सक्दो पहल गर्ने धरेलले बताउनु भयो । 

तपाईंको बिचार