Saturday, November 18, 2017

जेनिथ ट्रेनिङ इन्ष्टिच्यूटमा भोली देखि आएटा सम्बन्धि प्रशिक्षण कक्षा संचालन हुने

प्रकाशित मिति: 2017/10/31

काठमाडौं । जेनिथ ट्रेनिङ इन्ष्टिच्यूटले भोली बुधबार देखि (२०७४, ०७, १५गते) आएटा सम्बन्धि प्रशिक्षण कक्षा सुरु गर्ने भएको छ । जेनिथ इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा)को नेपालका लागि आधिकारीक ट्रेनिङ सेन्टर हो ।   

६ महिने प्रशिक्षणमा एयर टिकेटिङ, टुर प्याकेज, जियोग्राफि नलेज लगायत ट्राभल एन्ड टूरिजमका विभिन्न प्याकेजहरुबारे प्रशिक्षित गराइने छ । प्रशिक्षण कम्पनीको कार्यालय काठमाडौंको नारायणचौरमा  संचालन गरिने जनाइएको छ । कम्पनीले नेपालमा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि विगत लामो समय देखि यस्ता प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको कम्पनीका म्यानेजर प्रेमकुमार दनुवारले जानकारी दिए । 

तपाईंको बिचार