Saturday, November 18, 2017

माओवादी निकट पर्यटन संगठनबाट ऋषि नेपाल बाहिरिए

प्रकाशित मिति: 2017/11/01

काठमाडौं । नेकपा माओवादी निकट नेपाल पर्यटन व्यवसायी संगठनबाट संगठनका उपाध्यक्ष ऋषि प्रसाद नेपालले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका छन् । 

नेपालले भर्खरै सम्पन्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा आफुलाई नेतृत्वले असहयोग गरेर हराउन लागेको भन्दै राजीनामा दिएको बताएका छन् । एकत आफुले पराजय पश्चात राजीनामा दिनु त मेरो नैतिकताले पनि दिनुपर्छ भन्दै पार्टीको नेतृत्व परिवर्तन नभएसम्म अर्थात नवराज दाहालको नेतृत्व रहेसम्म आफु संगठनमा नर्फकने समेत बताएका छन् । 

टानको निर्वाचनमा नेतृत्व लगायत जित्ने तर छानि छानि व्यक्ति हराईएको छ यो गम्भिर विषय हो । त्यस अर्थमा म यो नेतृत्वमा बसि रहनु कुनै अर्थ देख्दिन उनले भने । हामी एक ढिक्का भएर चुनावमा गयौं कोही जित्ने कोही रणनीतिक हिसावले हराउने किन भयो । यो नेतृत्वको वेइमानी हो भन्दै यो नेतृत्वबाट अब के को आसा गर्ने त्यसकारण म बहिरिए उनले बताए । ऋषि नेपालको पर्यटन संगठनबाट बहिर्गमन पश्चात नेकपा माओवादी पर्यटन संगठनभित्र ठुलो खैलाबैला मच्चिएको छ । 

तपाईंको बिचार