Saturday, November 18, 2017

एनएमएको ४४औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2017/11/01

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को ४४औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।  नेपाल पर्यटन बोर्डमा एक विशेष समारोहका विच एनएमएले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रमुख आतिथ्यता तथा एनएमएका अध्यक्ष सन्तबीर लामाको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव समारोहको सञ्चालन सचिव टिकाराम गुरुङले गर्नुभएको थियो ।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने तीन जना ब्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने समेत एनएमएले निर्णय गरेको छ । पुरस्कारका लागि स्वर्गिय कुमार खड्ग विक्रम साहसिक पुरस्कार मिङ्मा शेर्पा, स्व. डा. हर्क गुरुङ पर्वतीय पुरस्कार बुद्धिनारायण श्रेष्ठ तथा स्व. दावा नोर्बु पर्यटन पत्रकारिता पुरस्कार पत्रकार बल्लबमणी दाहाललाई दिने पुरस्कार छनोट समितिले सिफारिशपछि एनएमए कार्यसमितिले अनुमोदन गरेको घोषणा गरेको थियो ।

नोभेम्बर १ मा मनाइने एनएमए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एनएमएले प्रदान गरेको वेसिक क्लाइम्बिङ ट्रेनिङ लिइएका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । टुरिजम बोर्डमा आयोजित कार्यक्रममा पर्यटनसंग आवद्ध विभिन्न संघसंस्थामा आवद्ध रहेका ब्यक्तित्व तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सन् १९७३ मा तत्कालिन राजपरिवारका सदस्य स्व। कुमार खड्ग विक्रम शाहको नेतृत्वमा स्थापना भएको नेपाल पर्वतारोहण संघ (एनएमए) अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त संस्था हो । संघको स्थापना हुनुअघि पर्वतारोहण सम्बन्धि काम हिमालयन सोसाईटी नामक संस्थाले गर्ने गर्दथ्यो । स्थापनापछिको झण्डै डेढ दशक स्व. खड्काकै नेतृत्वमा सञ्चालित एनएमएको नेतृत्व फेरबदल हुँदै दावा नोर्वु शेर्पा, टासी जाङबु शेर्पा र आङछिरिङ शेर्पा, जिम्बा जाङबु शेर्पा हुँदै अहिले सन्तबीरलामाको नेतृत्वमा एनएमए अगाडि बढिरहेको छ ।

एनएमए स्थापनाको केही वर्षपछि तत्कालिन श्री ५ को सरकारबाट १८ वटा हिमचुलीको आरोहण शुल्क संकलन गर्ने अधिकार पाएको थिए । शुरुमा १८ वटा र विसं २०५९ साल भदौं ३१ गते १५ थप गरी जम्मा ३३ वटा हिमचुली आरोहणको शुल्क उठाउँने अधिकार संघले पाएपनि पछि २७ वटामात्रै सञ्चालन गरिरहेको थियो ।

यसबीचमा संघले आफ्नो गतिविधिलाई अगाडि बढाउने क्रममा पर्वतीय पर्यटनसँग सम्बन्धित सामाग्रहीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यल पोखरामा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र ककनीको मकै फार्ममा अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यान निर्माण गरी सञ्चालनमा ल्यायो ।

अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ, एसियाली पर्वतारोहण महासंघलगायतसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै नेपालको पर्वतीय पर्यटनलाई विश्वमाझ पु¥याउन सफल एनएमएले उठाउँदै आएको पीकको रोयल्टी खोस्ने प्रयास पनि भएको थियो । तर, अदालती प्रक्रियाबाट तत्कालको लागि रोयल्टी बचाउन सफल भएपनि सम्झौताअनुसार १२ वटा पीकको नवीकरण गर्ने प्रक्रिया पुन झन्झटिलो बन्दै गइरहेको छ ।

तपाईंको बिचार