Friday, June 22, 2018

मिस टुरिजम–२०१७ को उपाधी आरती थापालाई प्रदान

प्रकाशित मिति: 2017/11/12

काठमाडौं । मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । थापाले मिस पब्लिक च्वाईसको उपाधि पनि पाईन । थापालाई मिस टुरिजम–२०१६ ओरुसा थापाले ताज लगाईदिईन भने नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा र प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नगद पचास हजार सहितका पुरस्कार हस्तान्तरण गरे ।

त्यसैगरी मिस पर्सनालिटी र मिस स्माईल सहित मिस टुरिजम फस्ट रनर अपको उपाधी काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन । त्यस्तै मिस फिगर र मिस फोटोजेनिक सहित सेकेण्ड रनर अपरको उपाधी एन्जि लामाले जितिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः नगद तीस र बिस हजार प्राप्त गरे । त्यस्तै मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस ईन्टेलिजेन्ट सुजाता लामा,मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन ।

कार्यक्रममा बोल्दै मिस टुरिजम–२०१७ को आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गरिएको वताए । फाईनलमा निर्णायकको भुमिकामा नाट्टाका अध्यक्ष मधुसुदन आचार्य, भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडा, पूर्व मिस नेपाल सुगरिका के.सि, नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र पर्यटनविद् लेखनाथ भण्डारी रहेका थिए ।  

तपाईंको बिचार