Saturday, November 18, 2017

राष्ट्रपतिद्वारा सगरमाथा चढ्ने तयारी गरेका महिला पत्रकारहरुलाई शुभकामना

प्रकाशित मिति: 2017/11/13

काठमाडौं । नेपालका बिभिन्न पाँच सञ्चार संस्थामा कार्यरत पाँच नेपाली पत्रकारहरु ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ रुपमा ‘समानताका लागि बुलन्द आवाज’ भन्ने नाराका लिएर सगरमाथा आरोहण गर्ने तयारीमा गरेका नेपाली महिलाको पत्रकार टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।

टोलीसँगको भेटमा राष्ट्रपति भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको वोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरिन् ।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टोलीमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, मेघा टेलिभिजनकी कल्पना महजर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहेका छन् । 

तपाईंको बिचार