Saturday, November 18, 2017

गण्डकी ईन्टरनेशनल ट्राभल र एरोफ्लोट एयरलाईन्सबिच सम्झौता

प्रकाशित मिति: 2017/11/13

काठमाडौं । एरोफ्लोट रसियन एयरलाईन्सको जिएसए (नेपालको लागि आधिकारीक एजेन्ट) मा गण्डकी ईन्टरनेशनल ट्राभल प्रा.लि. नियुक्त भएको छ । एक कार्यक्रमका बिच एरोफ्लोटका जनरल म्यानेजर सर्गे भि किडिसयुक र गण्डकीका प्रबन्ध निर्देशक दिग्विजय कोनेले सम्झौतामा हस्ताक्षर गरे ।

पूर्वी युरोपमा सस्तो र उत्कृष्ठ एयरलाईन्स मानिने एरोफ्लोटले दिल्लीवाट मस्को हुँदै पूर्वी युरोप र अमेरिकाको उडान गर्दछ । एयरलाईन्सले दैनिक दिल्लीबाट मस्कोको दुई उडान गर्नेछ । एयरबस ३३० द्वारा हवाई सेवा प्रदान गर्ने एरोफ्लोटसंग दुई सय वटा एयरक्राफ्ट रहेको र तीन सय भन्दा बढि गन्तव्यहरुमा उडान गर्दै आएको प्रबन्ध निर्देशक दिग्विजय कोनेले वताए ।

एरोफ्लोटको उडानका कारण नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने रसियन पर्यटकहरुको संख्या वढ्ने गण्डकी ईन्टरनेशनल ट्राभलका अध्यक्ष रामकाजी कोनेले वताए । त्यस्तै नेपालबाट जानेहरुका लागि पनि यो एयरलाईन्स सस्तो पर्ने उनले बताए । सम्झौता कार्यक्रममा नेपालका लागि रसियन राजदुत एन्ड्रे सेर्गेरिच बुडनिक लगायतको उपस्थिति रहेको थियो ।

तपाईंको बिचार