Saturday, November 18, 2017

कन्चनजंघा म्याराथन ‘एभरेष्ट पुरस्कार’ प्रदान

प्रकाशित मिति: 2017/11/15

काठमाडौं । भारतको सिक्किममा आयोजित कन्चनजंघा म्याराथनको ‘माउन्ट एभरेष्ट सद्भावना पुरस्कार’ केन्याली धाबक फिलिप एइगोले जितेकाछन् ।

पुरस्कारको प्रायोजन प्रत्येक वर्ष मे २९ तारिखका दिन सगरमाथा क्षेत्रमा आयोजना गरिंदै आएको छ । माउन्ट एभरेष्ट म्याराथनको आयोजक तेन्जिंग हिलारी एभरेष्ट म्याराथन प्रा.लि. ले रहेको थियो । उक्त पुरस्कारको राशि रु. ८, ८४८ रहेको छ भने त्यस पुरस्कारले सगरमाथाको उचाई (८, ८४८ मिटर) प्रतिबिम्बित गर्दछ ।

‘यो पुरस्कारले विश्वकै अग्लो सगरमाथा र र तेस्रो अग्लो कन्चनजंघा हिमाललाइ जोड्ने मात्र नभई नेपाल र सिक्किमका हिमाली दाजुभाइ तथा दिदिबहिनी बीच सद्भाव र मित्रताको नयाँ अध्याय शुरु गरेको छ, जुन सिमापारको पर्यटन प्रबद्र्धनमा एउटा कोशेढुंगा साबित हुन जानेछ,’ विश्वकै अग्लो उचाइमा आयोजना हुने माउन्ट एभरेष्ट म्याराथनका परिकल्पनाकार बिक्रम पाँडेकाजीले बताए ।

नेपाल–सिक्किम बीच सिमापार पर्यटन (क्रस बोर्डर टुरिजम) को अबधारणा आफुले अघि बढाउंदै आएको पाँडेकाजीले सिक्किमको पाक्योंगमा छिट्टै खुल्न लागेको विमानस्थलबाट नेपाल–सिक्किम बीच हवाई उडान शुरु हुनगइ दुइ देशबीच पर्यटनले ठुलो फड्को मार्नेमा आफु ढुक्क रहेको बताए ।

 

तपाईंको बिचार